बिर्तामोड, माघ ४ । वीरता जेसिजको अध्यक्षमा लोकचन्द्र श्रेष्ठ (एलसी) सर्वसम्मत रुपमा चयन भएका छन् । वीरता जेसिजको ४५ औँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट सन् २०२६ का लागि श्रेष्ठ निर्विरोध चयन भएका हुन् ।

समितिकोे कार्यकारिणी उपाध्यक्षमा पुकार बराल र प्रज्ज्वल बिमली, कानुनी सल्लाहकारमा प्रभात मास्के (मनोनित), महासचिवमा सुवास त्रिखत्री (मनोनित), कोषाध्यक्षमा अमरजित शाह (मनोनित) चयन भएका छन् ।
त्यस्तै, उपाध्यक्षमा विवेक खड्का, नवराज अधिकारी, विश्वजीत हलवाई र विजय चौधरी चयन भएका छन् ।
त्यस्तै, संयुक्त सचिवमा पुष्प भण्डारी, सहकोषाध्यक्षमा अभिषेक गहतराज (मनोनित), जनसम्पर्क अधिकारीमा अजय चौधरी, तालिम आयुक्तमा विज्ञानराज पौडेल, प्रकरण निर्देशकमा अजय अधिकारी सर्वसम्मत रुपमा चयन भएका छन् ।

वीरता जेसिजका सन् २०२५ का अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको वीरता जेसिजको ४५ औँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशनमा वीरता जेसिजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेताको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा झापा जिल्ला खेलकुद विकास झापाका अध्यक्ष तथा जेसिजका पूर्वराष्ट्रिय उपाध्यक्ष प्रशान्त भण्डारी, पूर्वराष्ट्रिय उपाध्यक्ष विशाल थापा, पूर्वराष्ट्रिय उपाध्यक्ष राजेन्द्र चौम्लागाईं, शाखाका पूर्वअध्यक्ष राजीव धिमाल, नेपाल औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवनकुमार खड्का लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा निर्वाचन आयुक्त निर्वतमान अध्यक्ष विकास बस्नेत, अधिवेशन निर्देशक घनश्याम चौधरी रहेका थिए । सोही अवसरमा उम्मेदवारहरुलाई तालिम पूर्वअध्यक्ष तथा पूर्वराष्ट्रिय उपाध्यक्ष शिवकुमार अग्रवाल, मिजस पोखरेल र नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष योगेश राजवंशीले तालिम प्रदान गरेका थिए ।


