२०८२ माघ ८ बिहीबार
Jhapa Today
Adv top

बिएन्डसी हस्पिटलमा अत्याधुनिक उपकरणसहितको ‘डर्मटोलोजी’ सेवा सञ्चालनमा


बिर्तामोड, माघ ८ । झापाको बिर्तामोडमा रहेको बिएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटलले अत्याधुनिक उपकरणसहितको ‘डर्मटोलोजी’ सेवा सञ्चालनमा ल्याएको छ । बिएन्डसी हस्पिटलले पूर्वमै पहिलोपटक अत्याधुनिक छालासम्बन्धी समस्या समाधान गर्ने सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी छाला, कपाल, नङ र म्युकोसल डिसअर्डस्लगायतका रोगहरु उपचार र रोकथाम गर्ने सेवा अत्याधुनिक उपकरणसहित सुरु गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए ।

उक्त सेवा विगत ६ महिनादेखि सुरु गरिएको भए पनि अत्याधुनिक उपकरणका साथमा एक महिनादेखि सेवा दिँदै आएको गिरीले बताए । गिरीका अनुसार उक्त सेवा बीमाबाट पनि गर्न सकिनेछ ।

हाल हस्पिटलमा दैनिक रुपमा १०० जना वढीलाई सो सेवा दिइरहेको गिरीको भनाइ छ । ‘डर्मटोलोजी’ सेवा बिएन्डसी अस्पतालले छुट्टै भवनबाट दिइरहेको छ । सो सेवा डा. अनिल तिम्सिनासहितको टोलीले दिने गरेको बताइएको छ ।

गिरीका अनुसार उक्त सेवाका लागि भारत र नेपालका अन्य सहर जानुपर्ने बाध्यता हटेको बताउँदै गिरीले अब झापाको बिर्तामोडमै सेवा लिन सकिने बताए । ‘डर्मटोलोजी’ सेवाबाट त्यस्ता बिरामी उत्साहित भएका र नयाँ तथा अत्याधुनिक उपकरण ल्याएर सेवा दिन थालिएको अस्पतालले जनाएको छ ।

Adv footer