बिर्तामोड, माघ १० । निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा हुन लागेको झापा गोल्डकपको सातौँ संस्करणका लागि समाजसेवी राजु बस्नेतको पहलमा एकै दिन ५० जना नयाँ सदस्य थपिएका छन् ।

विनोद बस्नेतका सहोदर भाइ राजुको अगुवाईमा ५० जनाले एकै दिन झापा गोल्डकपको सदस्यता लिएको गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिए ।
समाजका विभिन्न क्षेत्रमा आवद्ध रहेका व्यक्तिहरुलाई बस्नेतले झापा गोल्डकपको सदस्य बन्न आग्रह गरेपछि सदस्यता लिएको बताइएको छ । सदस्य बनेका सबैजनालाई रसिदसमेत प्रदान गरिसकिएको बस्नेतले बताए ।
झापा गोल्डकपमा सातौँ संस्करणमा मात्र हालसम्म १७० जना नयाँ सदस्य बनिसकेका छन् । गोल्डकपमा त्यसबाहेक ६५० जना सदस्य रहेका छन् ।
यसैबीच, नेपालकै सर्वाधिक धनराशिको प्रतिष्ठित गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष गिरीले बताए । गोल्डकपको सातौँ संस्करण यही माघ २४ गतेदेखि फागुन ४ गतेसम्म डोमालाल राजवंशी रंगशालामा हुँदैछ ।


