बिर्तामोड, माघ १२ । झापाको भद्रपुरमा मेची नदीमा सरस्वतीको मूर्ति सेलाउने क्रममा दुई पक्षबीच विवादपछि भएको झडपमा एकजना घाइते भएका छन् ।

विवादका क्रममा झिम्की चोक बस्ने कैलाश साहकी छोरी १६ वर्षीया आँचल साहलाई सोही समूहका युवाहरूले कुटपिट गरेका छन् । उनको बायाँ हात, टाउको र शरीरमा भित्री चोट लागेको छ । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।
विवादका क्रममा भएको झडपमा एकजना किशोरी घाइते भएकी हुन् । हिजो राति १०ः३० बजे भद्रपुर ५ स्थित मेची नदीमा सरस्वतीको मूर्ति सेलाउने क्रममा दुई पक्षबीचच विवाद भएको हो ।
घटनाको जानकारी पाएर वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी सहायक निरीक्षक टंक राईको कमाण्डमा टोली खटिएको थियो । दुबै पक्षका युवाहरु तत्काल फरार रहेको प्रहरीले जनाएको छ ।



