२०८२ माघ १२ सोमबार
Jhapa Today
Adv top

सुन तोलाको ३ लाख ९ हजार


बिर्तामोड, माघ १२ । नेपाली बजारमा सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आइतबार ६ हजार ४८० रुपैयाँ कायम भएको चाँदी सोमबार बढेर ६ हजार ७६५ रुपैयाँ पुगेको महासंघको भनाइ छ ।

महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ६४ हजार ९२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Adv footer