२०८२ माघ १२ सोमबार
Jhapa Today
Adv top

कागज गरेर साइबर ब्युरोबाट छुटे स्वागत नेपाल


बिर्तामोड, माघ १२ । अबदेखि हिंसालाई प्रसय दिने प्रकारका अभिव्यक्ति नदिने भन्दै कागज गरेर प्रहरीको साइबर ब्युरोबाट स्वागत नेपाल (भद्रप्रसाद नेपाल) छुटेका छन् ।

झापा बिर्तामोड घर भएका ५० वर्षीय नेपालले लोक आवाज नेपालको युट्युब च्यानलमा हिंसा फैलाउने प्रकारको अभिव्यक्ति दिएका थिए ।

झापा क्षेत्र नम्बर २ मा राप्रपाबाट उम्मेदवार समेत रहेका उनले पृथ्वीनारायण शाहको विरोध गर्नेलाई ‘काट्न तयार छु’ भन्दै अभिव्यक्ति दिएका थिए ।

यही प्रकरणमा साइबर ब्युरोले उनलाई भोटाहिटीस्थित कार्यालयमा उपस्थित गराएको थियो । सो क्रममा उनले अबदेखि यस्ता अभिव्यक्ति नदिने र कानुनको पालना गर्ने भन्दै कागज गरेर छुटेको ब्युरोका एसपी दिपकराज अवस्थीले जानकारी दिए ।

Adv footer