२०८२ माघ १५ बिहीबार
Jhapa Today
Adv top

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ३९ प्रतिशत चिकित्सक उत्तीर्ण


बिर्तामोड, माघ १५ । नेपाल मेडिकल काउन्सिलले लिएको ७४ औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा ३९ दशमलव ४५ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्।

मंगलबार र बुधबार काउन्सिलले सञ्चालन गरेको परीक्षामा सहभागी ९४३ मध्ये ३७२ (३९.४५) जना चिकित्सक मात्रै उत्तीर्ण भएका हुन्।
लाइसेन्स परीक्षाका लागि एमबीबीएस र बीडीएसका गरी ९६७ जनाले फारम भरेपनि २४ जना अनुपस्थित रहेको काउन्सिलका रजिष्ट्रार डक्टर सतिशकुमार देवले जानकारी दिए।

एमबीबीएस तर्फ कुल ७९३ जनाले फारम भरेकोमा ७७५ जना सहभागी थिए। जसमध्ये ३ सय जना मात्र उत्तीर्ण भएका हुन्। बीडीएस तर्फ फारम भरेका कुल १७४ मध्ये १६८ जना मात्र सहभागी भएका थिए। जसमध्ये ७२ जना उत्तीर्ण भएको काउन्सिलले जनाएको छ।

Adv footer