बिर्तामोड, माघ १५ । वीरता जेसीजको ४५ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा तीनजना पत्रकार दुईजना सदस्यलाई पुरस्कृत गरिएको छ ।

दमन्ता रिमाल स्मृति उत्कृष्ट जेसीज पुरस्कार–२०२५ संघसंस्था समन्वय संयोजक भूपेन्द्र भण्डारीलाई प्रदान गरिएको छ । पुरस्कार संस्थापक वसन्त रिमालले पुरस्कार वितरण गरेका थिए ।
त्यस्तै, मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२५ पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारी र बिर्तामोड झापा डटकमका सञ्चालक टिकाराम बाँस्तोलालाई संयुक्त रूपमा प्रदान गरिएको थियो ।

त्यस्तै, दिलिपकुमार शर्मा स्मृति वीरता जेसीज सक्रिय पूर्वअध्यक्ष पुरस्कार–२०२५ घनश्याम चौधरी (अध्यक्ष–२०२३) लाई प्रदान गरिएको छ ।
जेसीज अभियानमा दीर्घकालीन योगदान पुर्याउँदै वीरता जेसीजलाई राष्ट्रियस्तरमा उत्कृष्ट शाखाका रूपमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै वीरता जेसीज सन् २०१८ का अध्यक्ष एकराज गिरीलाई विशेष सम्मान प्रदान गरिएको थियो । गिरी नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष हुन् ।
यसैत्रीच, वीरता जेसीज सन् २०२५ का अध्यक्ष युवराज कुँवरको अध्यक्षता तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वर्ष २०२६ का लागि लोकचन्द्र श्रेष्ठ (एलसी) को अध्यक्षतामा निर्वाचत नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा वसन्त ढकालले जेसीज आस्था वाचन गरेका थिए भने जुनियर रेश्मा चिमरियाले जेसिआइको मिसन तथा भिजन प्रस्तुत गरेकी थिइन् । कार्यक्रम संयोजक अमरजित शाहले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा वीरता जेसीजका संस्थापक अध्यक्ष तथा राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेत, पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, प्रमुख अतिथि जीवन कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।



