
बिर्तामोड, माघ १६ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २० हजार ५ सय रुपैयाँले घटेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन तोलामा ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको थियो । यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ ।
बिहीबार तोलामा ७ हजार ५०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर ७ हजार ६५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
महासंघका अनुसार शुक्रबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ७३ हजार ३२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ६ हजार ५७ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ ।



