२०८२ माघ १६ शुक्रबार
Jhapa Today
Adv top

वीर अमरसिंह माविको वार्षिकोत्सवमा शिक्षक र विद्यार्थीलाई सम्मान


बिर्तामोड, माघ १६ । झापाको पुरानो विद्यालयमध्येको एक बिर्तामोडको वीर अमरसिंह माध्यमिक विद्यालयले ६८ औँ वार्षिकोत्सवमा विभिन्न क्षेत्रका महानुभावहरुलाई सम्मान गरेको छ ।

आज विद्यालय परिसरमा भएको कार्यक्रममा पूर्वप्रधानाध्यापक, पूर्वशिक्षक, पूर्वव्यवस्थापन समिति अध्यक्ष, सदस्य तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा पूर्वप्रधानाध्यापक कृष्णप्रसाद उप्रेती, यदुनाथ अधिकारी, पूर्वशिक्षक कृष्णप्रसाद रिजाल, कृष्णमाया रिजाल र झमकप्रसाद काफ्लेलाई सम्मान गरिएको हो ।

त्यस्तै, पूर्वव्यवस्थापन समिति अध्यक्ष किशोरकुमार पौडेल, सदस्यहरु धर्मराज लक्सम्बा, निता घतानी, लक्ष्मी घिमिरे, वीरबल राजवंशी, रिता मिश्र, सावित्रा ओडारी शिवाकोटी र सल्लाहकार संयोजक देवीप्रसाद गिरीलाई सम्मान गरिएको छ ।

त्यस्तै, अक्षयकोष दाता परिवारका तर्फबाट यज्ञकुमारी जीवनाथ उप्रेती अक्षयकोषकी खोमादेवी उप्रेती अधिकारीलाई सम्मान गरिएको छ । ज्येष्ठ नागरिकतर्फ आधु राजवंशीलाई सम्मान गरिएको छ ।

वार्षिकोत्सवकै अवसर पारेर विद्यालयमा स्थापना गरिएका विभिन्न अक्षयकोषबाट उत्कृष्ट तथा विपन्न विद्यार्थीलाई नगद प्रदान गरिएको छ । अक्षयकोषबाट ४० जना विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनकुमार खड्काको अध्यक्षतामा भएको कार्याक्रममा विद्यार्थीहरुले गायत तथा नृत्य प्रस्तुत गरेका थिए भने स्काउट दलले सलामी दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पवित्रादेवी महतारा प्रसाईं, वडा नम्बर २ का वडा अध्यक्ष किशोरकुमार पौडेल, चारपाने भेट्रानका अध्यक्ष माधव खरेल, खोमादेवी उप्रेतीलगायतले शुधकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रधानाध्यापक खेमराज गौतमले अघिल्लो वर्षको अवस्था तथा आगामी वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षकद्वय हेमकुमार उप्रेती र ज्ञानु न्यौपानेले गरेका थिए ।

Adv footer