२०८२ माघ १८ आइतबार
Jhapa Today
Adv top

बिर्तामोडको खोपबारीमा स्कुटर दुर्घटना हुँदा मादेनको मृत्यु


बिर्तामोड, माघ १८ । झापाको बिर्तामोडमा भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बिर्तामोड-७ का ५ वर्षीय सुवास मादेन रहेका छन् । हिजो राति ८ बजे बिर्तामोड ७ खोपबारीस्थित भित्री पक्की सडकखण्डमा भएको दुर्घटनामा उनको मृत्यु भएको हो ।

प्याकुरेल चोकबाट बुट्टाबारीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१३ प ९१९९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा मादेको मृत्यु भएको हो ।

टाउकोमा चोट लागेर घाइते भएका मादेनलाई उपचारको लागि बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा डाक्टरले जाँच गर्दा मृत्यु भइसकेको जनाएका थिए ।

Adv footer