बिर्तामोड, माघ १९ । झापाको बिर्तामोडमा रुखबाट लडेर एकजना युवक घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घाइते हुनेमा बिर्तामोड-४ रामाउत टोल बस्ने १९ वर्षीय मिसन लिम्बू रहेका छन् ।

उनी हिजो साँझ ५ः५४ बजे घरनजिकै रहेको खस्रेतोको रुखमा बाख्रालाई घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएका हुन् ।

उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । देब्रे हातमा चोट लागेका लिम्बूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।








