बिर्तामोड, माघ २० । झापाको गौरादहमा बेहुली लिएर फर्किँदै गरेको जन्तीको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

हिजो साँझ ७ः२० बजे गौरादह-४ रामचन्द्रे खोलाको पुलस्थित भित्री पक्की सडक खण्डमा गौरादहबाट स्कुलचनतर्फ जाँदै गरेको प्र.१–०१–००१ त ९७२० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पुलबाट खोलामा झरेको हो ।
दुर्घटनामा मोरङ रतुवामाई-८ बस्ने वर्ष ३८ की स्वस्तिका मर्डीको मृत्यु भएको हो । उनको उपचारको क्रममा निम्स अस्पताल दमकमा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते हुनेहरू यस प्रकार छन् ।
१) मोरङ रतुवामाई –८ बस्ने वर्ष ५० की मुनीमती सतार– टाउकोमा चिउँडोमा चोट बोल्न सक्ने मध्यम निम्स अस्पतालमा उपचार हुँदै ।
३) ऐ.ऐ.–५ बस्ने वर्ष १५ की सन्तोषी किस्कु– बायाँ घुँडामा चोट अवस्था सामान्य–
४) ऐ.ऐ. –५ बस्ने वर्ष ६० को एतोबार मुर्मु– बाहिरी चोट नदेखिएको भित्री शरीर दुखेको–
५) ऐ.ऐ. –८ बस्ने वर्ष २३ की विनीता मर्डी– हात खुट्टामा सामान्य चोट–
६) ऐ.ऐ.–५ बस्ने वर्ष २० की सरिता मर्डी– हात खुट्टामा सामान्य चोट
७) निजकै छोरा वर्ष ३ का गंगाराम मर्डी– बाहिरी चोट नदेखिएको भित्री शरीर दुखेको अवस्था सामान्य
८) ऐ.ऐ.–५ बस्ने पूजा मर्डीकी छोरी वर्ष ८ की मेलिना मर्डी– हात खुट्टामा सामान्य चोट
९) जिल्ला मोरङ सुनबर्षी नपा–२ बस्ने वर्ष ३० की शिला मर्डी– हात खुट्टामा सामान्य चोट
१०) जिल्ला झापा शिवसताषी नपा-९ बैगुनधुरा बस्ने वर्ष १७ को विजय वास्की- टाउकोमा सामान्य चोट
११) जिल्ला मोरङ रतुवामाई नपा-८ बस्ने वर्ष २६ की मिना मर्डी- कम्मरमा चोट-
१२) ऐ.ऐ. बस्ने पुल मर्डीको छोरी वर्ष १२ की सम्झना मर्डी- बाहिरी चोट नदेखिएको ।
ट्याक्टर चालक मोरङ रतुवामाई ५ बस्ने वर्ष २५ का चमलाल मुर्मुलाई नियन्त्रणमा लिई प्रहरी चौकी महारानीझोडामा राखिएको छ ।



