बिर्तामोड, माघ २० । झापाको मेचीनगरमा रहेको होटल मेची क्राउनमा बसेका एकजना भारतीय पर्यटकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा भारत उत्तर दिनाजपुर पश्चिम बंगाल बस्ने ५६ वर्षीय माफिजुद्दिन सरकार रहेका छन् ।
उनी हिजो बिहान ३ बजे श्रीमती ४६ वर्षीया डिलोरा बिबीसहित होटल मेची क्राउनमा बास बस्न आएका थिए । माफिजुद्दिन सरकारको स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारको लागि हिजो बिहान ११ बजे शिखर अस्पताल धुलाबारीमा लिएर गएकी थिइन् ।
त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको चिकित्सकले जानकारी दिएका थिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



