२०८२ माघ २० मंगलबार
Jhapa Today
Adv top

भद्रपुर विमानस्थलमा ब्राउन सुगरसहित युवती पक्राउ


बिर्तामोड, माघ २० । झापाको भद्रपुर विमानस्थलमा ब्राउन सुगरसहित एकजना युवती पक्राउ परेकी छन् । युवतीका साथबाट ठुलो परिमाणमा लागुऔषधसहित बरामद गरिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा हुम्ला खार्पुनाथ गाउँपालिका २ घर भई हाल भारतको कोलकातास्थित एक होटलमा काम गर्ने २६ वर्षीया रोशनी बुढा रहेकी छन् ।

हिजो साँझ ५ः३५ बजे यती एयरलाइन्सको फ्लाइट नम्बर ९२६ मा भद्रपुरबाट काठमाडौँ जान लागेकी बुढा ब्राउन सुगरसहित पक्राउ परेकी हुन् ।
बुढाको सुरुवालको दुईवटै गोजीमा दुईवटा प्लास्टिकको पोकामा १४४.४०० ग्राम ब्राउन सुगर बरामद भएको थियो ।

Adv footer