२०८२ माघ २१ बुधबार
Jhapa Today
Adv top

झापामा आठ सय सेना परिचालन


बिर्तामोड, माघ २१ । झापामा आसन्न आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर आठ सयजना सैनिक परिचालन गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आजदेखि झापासहित देशभरि सेना परिचालन हुने भएको हो ।

झापामा २१ नम्बर बाहिनी तोपगाछी र अरिदमन गण चारआलीबाट करिब ८ सयजना सेना खटिने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

गेलालका अनुसार निर्वाचन सुरक्षाका लागि झापामा झन्डै ९ हजार सुरक्षाकर्मी परिचालन गरिनेछ । एकीकृत सुरक्षा योजना २०८२ अनुरूप आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालन हुन लागेको हो ।

निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुरूप नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा परिचालित हुन लागेका हुन् ।

Adv footer