२०८२ माघ २९ बिहीबार
Jhapa Today
Adv top

कोशीका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना


बिर्तामोड, माघ २९ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ । बाँकी भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ । कोशी प्रदेशका पहाडी र हिमाली भागमा साधरणतया बादल लाग्नेछ भने बाँकी पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ ।

तराईका अन्य स्थानमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागको एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

Adv footer