बिर्तामोड, फागुन २ । झापाको भद्रपुरबाट लागुऔषध ब्राउन सुगरसहित पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्नेहरुमा भद्रपुर-८ सगरमाथा बस्ने २८ वर्षीय कृष्ण राजवंशी, सोही ठाउँ बस्ने १८ वर्षीय निशान मोहमद, १९ वर्षीय इमरान मोहमद, बिर्तामोड-३ बस्ने २१ वर्षीय निशान चौधरी र भद्रपुर १० बस्ने २४ वर्षीय मोहमद जाहित रहेका छन् ।
आज दिउँसो ३ः४० बजे भद्रपुर-८ सगरमाथा चोकमा लागुऔषध सेवन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोली खटिएको थियो ।
सोही ठाउँ बस्ने जगतबहादुर मगरको घर भाडा लिई बस्ने निशान मोहमदसहित पाँचजनाले लुकिछिपी लागुऔषध सेवन गरिरहेको अवस्थामा उनीहरुको साथबाट ९ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर बरामद भएको हो ।
कृष्ण राजवंशीको नाममा रहेको मे. १० प ३८ ७१ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएर उनीहरुलाई वडा प्रहरी कार्यालय भद्रपुरबाट थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको प्रहरीले जनाएको छ ।



