बिर्तामोड, फागुन ३ । झापाको बिर्तामोडमा पशुसँग अप्राकृतिक यौन क्रिया गरिरहेको अवस्थामा एकजनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।
पक्राउ पर्नेमा भारत पश्चिम बंगाल, अलीपुरद्वार घर भई हाल बिर्तामोड–२ चैतुबारीस्थित कनकाई प्लाई फ्याक्ट्रीमा कार्यरत अन्दाजी ३८ वर्षीय बिपुल रोय रहेका छन् ।
बिर्तामोड–२ चैतुबारीमा गाईसँग अप्राकृतिक यौन क्रिया गर्ने एकजना व्यक्तिलाई स्थानीयले प्रहरीसमक्ष बुझाएका हुन् । फागुन १ गते चैतुबारी बस्ने कुसलाल राजवंशीको गाई सोही स्थानका रञ्जीत राजवंशीको खाली खेतमा चर्दै गरेको अवस्थामा एक व्यक्ति गाईसँग करणी गर्दै गरेको देखिएको थियो ।
स्थानीयबासीले ती व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय घैलाडुब्बाले ती व्यक्तिलाई पक्राउ गरेको हो ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।



