
बिर्तामोड, फागुन ३ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ हजार ३ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन तोलामा ३ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको थियो । यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ ।
शुक्रबार तोलामा ५ हजार रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर ४ हजार ९८५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।



