२०८२ फागुन ६ बुधबार
Jhapa Today
Adv top

मेचीनगरमा शिशुको शव भेटियो


बिर्तामोड, फागुन ६ । झापाको मेचीनगर नगरपालिकास्थित भृकुटी चोकमा एकजना नवजात शिशुको शव भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान ९ बजे भृकुटी चोकस्थित दिपक बरालको खाली जग्गामा अन्दाजी ३ महिनाको जस्तो देखिने सालनालसहितको लिङ्ग नछुटिएको नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको हो ।

घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट टोली खटिएर शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।

Adv footer