बिर्तामोड, फागुन ७ । झापाको बाह्रदशीमा जंगली हात्तीको आक्रमणबाट एकजना महिला गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । हात्तीले आज बिहान झिसमिसमै आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आक्रमणबाट बाह्रदशी-१ बोक्राझारी बस्ने लखनलाल राजवंशीकी श्रीमती ५० वर्षीया लीला राजवंशी गम्भीर घाइते भएकी हुन् ।
राजवंशीको निर्माणाीन पक्की घरमा पानी हाल्ने क्रममा लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट आएको जंगली हात्तीले लीलालाई अचानक आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट उनको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



