२०८२ फागुन ७ बिहीबार
Jhapa Today
Adv top

मेची भन्सारद्वारा ९ अर्ब ९२ करोड राजस्व असुली


बिर्तामोड, फागुन ७ । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अविधिमा रु १० अर्ब ५५ करोड २० लाख ३४ हजार सङ्कलनको लक्ष्य निर्धारण भएको थियो ।

यद्यपि माघमा मात्रै रु एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार सङ्कलन भएको छ । यो उक्त माघका लागि निर्धारित लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो ।

चालु आवमा रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व उठाउने लक्ष्य छ ।

Adv footer