
बिर्तामोड, फागुन ७ । सुनचाँदीको मूल्य बढेको छ । बिहीबार सुन तोलामा चार हजार तीन सय रुपैयाँले बढेर तीन लाख चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन तोलामा तीन लाख चार सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी तोलामा १ सय ८० रुपैयाँले बढेर तोलामा ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।



