२०८२ फागुन ८ शुक्रबार
Jhapa Today
Adv top

विराट-अर्जुन सहकारीको सातौँ रक्तदान कार्यक्रम सम्पन्न


बिर्तामोड, फागुन ८ । झापाको बिर्तामोड-४ मा रहेको विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाको नियमित कार्यक्रमअन्तर्गत आज मुक्तिचोकस्थित पुरानो ट्राफिक प्रहरी भवन परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको अध्यक्ष नविन खरेलले जानकारी दिए ।

अध्यक्ष खरेलका अनुसार झापामा भइरहेको रगतको अभाव टार्न संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रम सफल पार्न नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखा, रक्तदाता समूह झापा, चलचित्र पत्रकार संघ झापा लगायतले सहयोग गरेको उनले जानकारी दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष खरेलले ५१ औँ पटक र भक्तपुरका सीताराम खरेलले ५९ औा पटक रक्तदान गरेका थिए ।
संस्थाका अध्यक्ष खरेलको अध्यक्षता तथा साहित्यकार कृष्ण धराबासीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सचिव लक्ष्मी खरेलले सञ्चालन गरेका थिए । कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसअघि नेपालका सर्वाधिक रक्तदाता प्रेमसागर कर्मचार्यले समेत संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा १६५ औँ पटक रक्तदान गरेका थिए । संस्थाले विगत सात वर्षदेखि फागुन ८ गते रक्तदान कार्यक्रम गर्दै आएको छ ।

Adv footer