
बिर्तामोड, फागुन ८ । झापाको बिर्तामोडका लागि यामाहाको बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता सयपत्री ट्रेडलिंकले बेस्ट एक्स्चेन्ज अफर ल्याएको छ ।
यही फागुन १० गतेदेखि १५ गतेसम्म सञ्चालन हुने अफरलाई विश्वास साथमा चाबी हातमा नाम दिइएको छ । अझै ज्यादा, अझै धेरै अफर अन्तर्गत ग्राहकलाई धेरै नै सुविधा दिइएको छ ।
भद्रपुररोडस्थित सोरुममा सञ्चालन हुने अफरमा मूल्यांकनपछिको थप रकममा आठ हजार रुपैयाँ दिइएको छ भने नयाँ बाइक वा स्कुटर किन्दा छ हजार रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत हेल्मेट निःशुल्क उपलब्ध गराइनेछ । यो योजनामा कुनै पनि कम्पनीका पुराना मोटरसाइकलसँग यामाहाका एफआई मोटरसाइकल तथा स्कुटर एक्स्चेन्ज गर्न सकिनेछ ।


