बिर्तामोड, फागुन ८ । झापा अर्जुनधाराकी एकजना महिलालाई प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।
अर्जुनधारा-११ स्थायी घर भई ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ मा बस्दै आएकी चन्द्रला सापकोटा दाहाललाई वैदेशिक रोजगार ठगी आरोपमा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
आज महालक्ष्मीबाटै पक्राउ परेकी ३८ वर्षीया चन्द्रकलाले एकजना युवालाई अमेरिका पठाइदिने भन्दै छ लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी चन्द्रकलालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।


