२०८२ फागुन ११ सोमबार
Jhapa Today
Adv top

धान, चामल र मकैमा बाहिरियो ३५ अर्ब ६२ करोड


बिर्तामोड, फागुन ११ । चालु आर्थिक वर्षको सात महिनामा ७ लाख ४४ हजार ९९४.९९ मेट्रिक टन खाद्यान्न (अनाज) आयात हुँदा ३५ अर्ब ६२ करोड रुपैयाँ बाहिरिएको छ । उक्त अनाज आयात हुँदा भन्सारबाट २ अर्ब २७ करोड १७ लाख ८७ हजार बराबर राजस्व संकलन भएको छ ।

भन्सार विभागका अनुसार यसमध्ये सबैभन्दा ठुलो रकम धान आयातमा बाहिरिएको छ । माघ मसान्तसम्म १२ अर्ब ८४ करोड ७९ लाख २५ हजार रुपैयाँको ३ लाख ४८ हजार ४१०.२० मेट्रिक टन धान आयात भएको छ ।

दोस्रोमा चामल आयात भएको छ । १२ अर्ब ३७ करोड ८४ लाख २७ हजार रुपैयाँको ३ लाख ४८ हजार ४१०.२० मेट्रिक टन चामल आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

तेस्रोमा सबैभन्दा धेरै आयात हुने खाद्यान्नमध्ये मकै छ । ८३ लाख ९ हजार १२० हजार रुपैयाँको १ लाख ९३ हजार २१.१५ मेट्रिक टन मकै आयात भएको छ ।

Adv footer