२०८२ फागुन ११ सोमबार
Jhapa Today
Adv top

५९ प्रतिशतले बढ्यो अलैँचीको निर्यात


बिर्तामोड, फागुन ११ । झापाको मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म ८ अर्ब ६१ करोड २० लाख ७ हजार रुपैयाँ बराबरको पुगेको छ । अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको हो ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार यस अवधिमा कुल ४ हजार १५३ दशमलव १५ मेट्रिकटन अलैँची भारततर्फ निर्यात भएको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने ५ अर्ब ३८ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको मात्र अलैँची निर्यात भएको थियो ।

Adv footer