२०८२ फागुन ११ सोमबार
Jhapa Today
Adv top

मुसुरो दलको निर्यातमा ३१६ प्रतिशतको विशाल वृद्धि


बिर्तामोड, फागुन ११ । झापाको मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म मुसुरो दालको निर्यातमा ३१६ दशमलव २० प्रतिशतको विशाल वृद्धि भएको छ ।

मेची भन्सारबाट निर्यात हुने अन्य वस्तुहरूको अवस्था भने उत्साहजनक देखिएको छ । यस अवधिमा अदुवा र सुठोको निर्यात १०१ दशमलव ८० प्रतिशत, जडीबुटी ९२ दशमलव ९ प्रतिशत र भेनियर सिट ९१ दशमलव १० प्रतिशतले बढेको छ ।

अन्य निर्यातजन्य वस्तुहरूमा छुर्पी ६३ दशमलव ३० प्रतिशत र काउली, ब्रोकाउली तथा बन्दागोपी ३६ दशमलव १० प्रतिशतले वृद्धि भएका छन् ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म मेची भन्सारबाट कुल १६ अर्ब ३ करोड १५ लाख ८३ हजार रुपैयाँ बराबरको नेपाली मालवस्तु विभिन्न देशमा निर्यात भएको छ ।

Adv footer