२०८२ फागुन ११ सोमबार
Jhapa Today
Adv top

अर्जुनधारामा दनुवार लागुऔषधसहित पक्राउ


बिर्तामोड, फागुन ११ । झापाको मेचीनगर नगरपालिका–१५ बाट लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा अर्जुनधारा–४ रातेखालका २९ वर्षीय शिव दनुवार र सोही स्थानका २१ वर्षीय नितेश दनुवार रहेका छन् ।

हिजो राति १० बजे कालिकामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ज्यमिरगढीको चेकपोइन्ट टोलीले उनीहरुलाई लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १ ०१–०१२ प ५९३३ नम्बरको मोटरसाइकलमा रहेका शिव र पछाडि बसेका नितेशलाई शंका लागेर जाँच गर्दा ब्राउन सुगर भेटिएको थियो ।

जाँचका क्रममा कालो प्लास्टिकमा पोका पारेर मुखभित्र लुकाएर ल्याएको ब्राउन सुगर अन्दाजी २ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer