२०८२ फागुन ११ सोमबार
Jhapa Today
Adv top

उद्योग वाणिज्य महासंघलाई लाग्यो चुनावः ढकाल नेतृत्वमा उम्मेदवार घोषणा हुँदै


बिर्तामोड, फागुन ११ । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौडथुप सुरु भएको छ । महासंघको ६० औँ वार्षिक साधारणसभाबाट चयन हुने नयाँ कार्यसमितिको लागि चुनाव लागेको हो ।

यही चैत २८ र २९ गते हुने वार्षिक साधारणसभासँगै नयाँ कार्यसमिति चयन हुनेछ । हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ विधानतः स्वतः अध्यक्ष हुनेछन् । बाँकी अन्य पदका लागि भने चुनावी प्रतिस्पर्धा हुने जनाइएको छ ।

जसका लागि उम्मेदवारी घोषणाको तयारी थालिएको छ । आज सोमबार महासंघका वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालको प्यानलले उम्मेदवारी घोषणा गर्दैछ । ढकाल हाल वस्तुगत तर्फबाट उपाध्यक्ष रहेका छन् ।

महासंघको आसन्न निर्वाचनको लागि झापा भद्रपुरका ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले उम्मेदवारी घोषणा गर्न लागेकी छिन् । हाल पनि उनी एसोसिएट उपाध्यक्ष नै हुन् ।

त्यस्तै, ढकालको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा झापा बिर्तामोडका उमेश डालमिया, कल्पना गैरे, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र उपाध्यक्ष प्रस्तावित महिलामा कमला श्रेष्ठले उम्मेदवारी घोषणा गर्ने तयारीमा छन् ।

Adv footer