२०८२ फागुन १२ मंगलबार
Jhapa Today
Adv top

हात्तीको आक्रमणबाट घाइते बाह्रदशीकी राजवंशीको मृत्यु


बिर्तामोड, फागुन १२ । झापाको बाह्रदशीमा जंगली हात्तीको आक्रमणबाट घाइते भएकी एकजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बाह्रदशी-१ बोक्राझारी बस्ने ५० वर्षीया लीला राजवंशी रहेकी छन् ।

उनको हिजो राति १ बजे बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । राजवंशीलाई फागुन ७ गते हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो ।

बिहान ५ः४५ बजे राजवंशीलाई आफ्नो बन्दै गरेको पक्की घरमा पानी हाल्ने क्रममा लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट आएको जंगली हात्ती आक्रमण गरेको थियो ।

उनलाई हात्तीले आक्रमण गरेर शरीरको विभिन्न भागमा चोट पु¥याएर गम्भीर घाइते बनाएको बनाएको प्रहरीले जनाएको छ ।

Adv footer