२०८३ बैशाख १९ शनिबार
Jhapa Today
Adv top

ठगी मुद्दामा फरार बिर्तामोडका कार्की पक्राउ


बिर्तामोड, फागुन १२ । आर्थिक ठगीसम्बन्धी चालु मुद्दामा फरार रहेका झापा बिर्तामोडका एकजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-१ का २३ वर्षीय विभूतजंग कार्की रहेका छन् । उनलाई आज साँझ ५ बजे पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले कार्कीलाई मेचीनगर-६ मा रहेको समृद्धि प्रतिष्ठान नेपाल सुधारगृहबाट कार्कीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

कार्कीलाई इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखिएको छ । कार्कीविरुद्धको कसूर गत मंसिर २२ गते बिर्तामोडमा दर्ता रहेको प्रहरीले जनाएको छ ।

कार्कीले केटीको नाममा फेसबुक आइडी बनाएर अस्ट्रेलियामा रहेका अर्जुनधारा–११ का युवराज गिरीका छोरा अर्पणसँग ३ लाख १५ हजार रुपैयाँ लिएका थिए । रकम लिएर अर्पणलाई ब्लक गरेपछि खोजी गर्दा आइडीमा नाम भएकी युवतीले रकम नलिएको र कार्कीले ठगी गरेको पुष्टि भएको थियो ।

Adv footer