२०८२ फागुन १३ बुधबार
Jhapa Today
Adv top

यस्तो छ बिर्तामोडमा आज तरकारीको मूल्य


बिर्तामोड, फागुन १३ । झापाको बिर्तामोड कृषि थोक बजारमा फूलकोपी र टमाटरको भाउ घटेको छ । आज हटिया लाग्ने दिन बुधबार कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार नेपाली ठुलो टमाटर प्रतिकिलो ३५ देखि ४० रुपैयाँ मूल्य रहेको छ भने भारतीय टमाटर प्रतिकिलो ३० देखि ३५ रुपैयाँ कायम भएको छ । प्याज प्रतिकिलो ३० देखि ३७ रुपैयाँ रहेको छ ।

पहाडको फूलकोपी (काउली) भने पछिल्लो एक सातामा आधा घटेको छ । खुद्रमा प्रतिकिलो ६० रुपैयाँसम्म रहेको फूलकोपी थोकमा प्रतिकिलो ३० देखि ४० रुपैयाँ रहेको छ । तराईको फूलकोपीको मूल्य पनि उस्तै छ ।

रातो आलु प्रतिकिलो १९ रुपैयाँदेखि २० रुपैयाँ र सेतो आलुको १६ देखि १८ रुपैयाँ रहेको समितिले बताएको छ । एक सातायता आलुको मूल्य प्रतिकिलो २ रुपैयाँले घटेको छ ।

त्यस्तै, इस्कुस प्रतिकिलो २५ देखि ३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । भिन्डी १५० रुपैयाँ, सेतो मुलाको मूल्य प्रतिकिलो ३५ रुपैयाँ रहेको छ । सजिना १८० देखि २०० रुपैयाँ प्रतिकिलो छ ।

इलाम र धनकुटाको घिउ सिमीको मूल्य भने उच्च रहेको छ । घिउ सिमी प्रतिकिलो ९० देखि १०० रुपैयाँ रहेको छ । स्थानीय र भारतीय टाटे सिमी प्रतिकिलो ५० देखि ६० रुपैयाँमा खरिदबिक्री भएको छ ।

बिर्तामोडको थोक बजारमा बैगुन लामो र डल्लो ६० देखि ७० रुपैयाँ, करेला १८० देखि २०० रुपैयाँ प्रतिकिलो रहेको छ । त्यस्तै, ब्रोकाउली प्रतिकिलो ३५ रुपैयाँदेखि ४० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।

लौका ५० देखि ५५ रुपैयाँ, बन्दा १० देखि १५ रुपैयाँ, फर्सी ३५ रुपैयाँ प्रतिकिलो रहेको छ । खासा लसुन २०० रुपैयाँदेखि २१० रुपैयाँ, अदुवा ६० रुपैयाँ र हरियो खुर्सानी १८० देखि २०० रुपैयाँ प्रतिकिलो कारोबार भएको छ ।

Adv footer