२०८२ फागुन १४ बिहीबार
Jhapa Today
Adv top

कमलमा नचिनेका मान्छेले जलाए राष्ट्रिय झण्डा


बिर्तामोड, फागुन १४ । झापाको कमल गाउँपालिकामा राष्ट्रिय झण्डामा आगो लगाइएको प्रहरीले जनाएको छ । स्थानीय मुक्तिघाटको बाँसमा रहेको राष्ट्रिय झण्डामा आगो लगाइएको हो ।

कमल गाउँपालिका-६ खयरबारीमा खयरबारी युवा क्लबले बनाएको मुक्तिघाट निर्माणस्थलमा रहेको शिलान्यास ब्यानरमा अपरिचित व्यक्तिले आगो लगाइदिएका छन् ।

सोही ब्यानरको माथि बाँसमा गाडिएको नेपालको झण्डामा समेत आगोको झिल्कोले भेटेको छ । आगोको झिल्कोले झण्डाको तत्लोपट्टिको केही भाग जलेको छ ।

स्थानीयले हिजो दिउँसो ४ बजे इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएपछि प्रहरी टोली खटिएर थप अनुसन्धान तथा घटनामा संग्लन आशंकित व्यक्तिहरुको पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि झापा गाउँपालिका वडा नम्बर ६ मा नेकपा एमालेको झण्डा दुईपटक जलाइएको थियो । त्यस्तै, दमकमा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड भएको थियो ।

Adv footer