२०८२ फागुन १४ बिहीबार
Jhapa Today
Adv top

नेकपा बहुमतका दुईजना कार्यकर्ता बुद्धशान्तिबाट पक्राउ


बिर्तामोड, फागुन १४ । प्रहरीले झापाको बुद्धशान्तिबाट नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का दुईजना कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नम्बर ब्युरो इन्चार्ज धमिल र झापा जिल्ला कमिटी सदस्य हेम अर्याल रहेका छन् ।

हिजो दिउँसो करिब २ बजे बुद्धशान्तिबाट उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैबीच सो पार्टीका कार्यालय सचिव अविरलले एक प्रेस विज्ञप्ति जारी गरी संगठनात्मक कामको सिलसिलामा भएको बेला न्यूनतम लोकतान्त्रिक अधिकारलाई समेत कुल्चेर गैरन्यायिक गिरफ्तारी गरिएको भन्दै तत्काल रिहाई गर्न माग गरेका छन् ।

नेकपा बहुमतले निर्वाचनविरोधी गतिविधि गर्दै आएको छ । उसले निर्वाचन बहिष्कार पनि गरेको प्रहरीले जनाएको छ ।

Adv footer