२०८३ बैशाख १९ शनिबार
Jhapa Today
Adv top

चन्द्रगढी विमानस्थलमा श्री एयरलाइन्स विमानको टायर फुट्यो


बिर्तामोड, फागुन १६ । चन्द्रगढी विमानस्थलमा काठमाडौँबाट उडेको विमान चन्द्रगढी विमानस्थलमा अवतरणका क्रममा सामान्य दुर्घटनामा परेको छ ।

श्री एयरलाइन्सको एसएचए ९४१ नम्बरको उडानको विमान अवतरणको क्रममा टायर फुटेको छ । आज १२ः३५ बजे अवतरणका क्रममा देब्रेपट्टिको एक टायर फुटेको हो ।

टायर फुटे पनि पाइलटले विमानलाई धावनमार्गबाट सुरक्षित रूपमा पार्किङ क्षेत्रमा लगिएको र विमानमा सवार सबै ७८ जना यात्रु सकुशल रहेको विमानस्थल स्रोतले जनाएको छ ।

Adv footer