२०८२ फागुन १७ आइतबार
Jhapa Today
Adv top

पाथिभरा दर्शन गर्न गएका कमलका खड्का बेपत्ता


बिर्तामोड, फागुन १७ । ताप्लेजुङको पाथिभरा मन्दिर दर्शनका लागि गएका झापाको कमल गाउँपालिका–५ का टंकबहादुर खड्का फागनु ८ गते बेपत्ता भएका छन् ।

६५ वर्षीय खड्का पाथिभरा मन्दिर पुगेको तर त्यहाँबाट नफर्किएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको खोजी कार्य तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम सूचना अधिकारी जटाशंकर यादवले जानकारी दिए ।

खड्काले दौरा, सुरुवाल र कोट लगाएका छन् । अन्दाजी ५ फिट उचाइका उनी गएको नौ दिनदेखि हराइरहेको यादवले जानकारी दिए । उनले कान भने कम सुन्ने गरेका छन् ।

पाथिभरा क्षेत्र विकास समितिका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले दुई दिनसम्म खोजी गर्दा पनि नभेटिएको पाथिभराका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।

पाथिभरा क्षेत्रमा हिउँ भएकाले अहिले खोजी कार्यमा समस्या आएको छ । खड्का परिवारसहित पाथिभरा दर्शनका लागि गएको प्रहरीले जनाएको छ ।

Adv footer