२०८२ फागुन २० बुधबार
Jhapa Today
Adv top

तोलामा ११ हजारले घट्यो सुनको भाउ


बिर्तामोड, फागुन २० । बुधबार सुनको मूल्यमा गिरावट आएको छ । मंगलबारको तुलनामा बुधबार तोलामा ११ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँ रहेको थियो।

Adv footer