२०८२ फागुन २५ सोमबार
Jhapa Today
Adv top

बुद्धशान्तिबाट भारतीय मदिरासहित दुईजना पक्राउ


बिर्तामोड, फागुन २४ । सशस्त्र प्रहरीले झापाको बुद्धशान्तिबाट अवैध भारतीय मदिरा बरामद गरेको जनाएको छ । बुद्धशान्ति ७ बर्ने डाँडाबाट मदिरा बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस टिमाईबाट खटिएको टोलीले स्कार्पिओ गाडीमा लोड गरेर ल्याउँदै गरेको अवैध मदिरासहित दुईजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

मदिरासहित पक्राउ पर्नेमा भोजपुर टेम्केमैयुङ-२ का ५२ वर्षीय गणेशकुमार राई (सवारी चालक) र पाँचथर हिलिहाङ-२ का ४० वर्षीय शंकरप्रसाद प्रसाईं रहेको घिमिरेले जानकारी दिए ।

सशस्त्र प्रहरीको टोलीले बा. १५ च १२९८ नम्बरको स्कार्पिओ गाडी जाँच गर्ने क्रममा इलामबाट झापातर्फ ल्याउँदै गरेको एक लाख ७८ हजार ९५५ रुपैयाँबराबरको ३६ कार्टुन मदिरा बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ हेडक्वार्टरका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक रोहितबहादुर घिमिरेका अनुसार विभिन्न ब्रान्डका अवैध भारतीय मदिरा र सवारीसाधनसहित दुईजनालाई मेची भन्सार कार्यालयमा बुझाइएको छ ।

सवारीसाधनको मूल्य २९ लाख ७८ हजार ९५५ रुपैयाँ कायम गरिएको छ ।

Adv footer