२०८२ फागुन २५ सोमबार
Jhapa Today
Adv top

तोलामा ३ हजार ७ सय घट्यो सुन


बिर्तामोड, फागुन २५ । सोमबार सुनको भाउ तोलामा ३ हजार ७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ लाख १६ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदी पनि केही घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रुपैयाँले चाँदीको भाउ घटेसँगै ५ हजार ४१० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५ हजार ४७५ रुपैयाँ थियो ।

Adv footer