बिर्तामोड, फागुन २६ । झापा गौरादहका नगरप्रमुख छत्रपति सुवेदीमाथि हातपात गर्ने स्थानीय भीष्म सिटौलालाई प्रहरीले पक्राउ गरेर १० दिनको म्याद थप गरेको छ ।

मादक पदार्थ सेवन गरेर फागुन २४ गते साँझ गौरादह ५ चप्रामारी बस्ने सिटौलाले नगरप्रमुख सुवेदीलाई गाली गलौज तथा हातपात गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो सोमबार दिउँसो प्रहरीले सिटौलालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि १० दिनको म्याद थप गरेको हो ।
जिल्ला प्रशासन कार्यालय झापामा उपस्थित गरार्इ मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


