
बिर्तामोड, फागुन २६ । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको हो ।
१० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ७ सय ७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । एकै दिन सुन प्रतितोला ३ हजार ८ सय रुपैयाँले बढेको हो ।
सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँ रहेको थियो भने १० ग्राम सुन २ लाख ६८ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ५ हजार ७ स २० रुपैयाँ पुगेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ९ सय ४ रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदी प्रतितोला ५ हजार ४ सय १० रुपैयाँ र १० ग्राम ४ हजार ६ सय ३८ रुपैयाँ रहेको थियो । यसअनुसार चाँदी प्रतितोला ३ सय १० रुपैयाँले बढेको महासंघले जनाएको छ ।


