
बिर्तामोड, फागुन २७ । झापा साइक्लिङ क्लबले पहिलोपटक गर्न लागेको ‘घुमौँ झापा साइकलमा’ कार्यक्रमको आधिकारिक बीमा पार्टनर हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड भएको छ ।
साइकलमा झापाका १२ वटा पालिका घुम्ने कार्यक्रमका लागि हिमालयन एभरेस्टले साइकल राइडर र आयोजक समितिको बीमा गरेको छ ।
हिमालयन एभरेस्टका क्षेत्रीय प्रमुख सुशील थापाका अनुसार संस्थाले कार्यक्रम अवधिभर राइडर र आयोजक समिति सदस्यहरुको दुर्घटना बीमा गरेको हो ।
हिमालयन एभरेस्टले राइडर र आयोजक समितिका सदस्य दुर्घटना भएर घाइते भएमा एक लाख रुपैयाँ उपचार खर्च र मृत्यु भएमा एक लाख रुपैयाँ उपलब्ध गराउने थापाले बताए ।
यो वर्षको झापा साइक्लिङ क्लबका लागि अध्यक्ष आकाश श्रेष्ठ र हिमालयन एभरेस्टका क्षेत्रीय प्रमुख थापाबीच बीमा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
घुमौँ झापा साइकलमा कार्यक्रम यही फागुन ३० गते, चैत १ र २ गते हुनेछ ।


