
बिर्तामोड, फागुन २८ । झापाको चुनावी नतिजा सार्वजनिक भएपछि त्यहाँका स्थानीय बासिन्दालाई लक्षित गरी सामाजिक सञ्जालमा घृणास्पद र आपत्तिजनक भिडिओ बनाएका रवि चुँडाल पक्राउ परेका छन् ।
चुडाललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको जनाएको छ । काठमाडौँबाट पक्राउ परेका चुडालमाथि थप अनुसन्धान सुरु भएको कार्यालयका एसपी सन्तोष खड्काले जानकारी दिए ।
उनले सार्वजनिक गरेको भिडिओमा झापालीलाई ‘चोर’, ‘अपराधी’, ‘दुष्ट’ र ‘देश बेच्ने’ जस्ता अपमानजनक शब्द प्रयोग गरेका छन् । भिडिओमार्फत चुडालले विशेषगरी दमकका बासिन्दाहरूलाई लक्षित गर्दै विकास धेरै भएर मत परिवर्तन गरेको भन्दै आक्रोश पोखेका छन् ।


