बिर्तामोड, फागुन २९ । हिजो राति झापामा भएको हावाहुरीसहितको अविरल वर्षाका कारण एकजनाको मृत्यु भएको छ भने जिल्लाका विभिन्न क्षेत्रमा क्षति पुगेको छ ।

हावाहुरीले रुख ढलेर किच्दा झापा हल्दिबारी-२ पाराखोपीकी १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हिजो राति ९ बजे घरमा सुतिरहेको अवस्थमा वर्षासहितको हावाहुरीले घरनजिकमा रहेको आँपको रूख ढलेर किच्दा प्रेमलाल राजवंशीकी छोरी आरतीको घटनास्थलमै मृत्यु भएको थियो ।


