२०८२ फागुन २९ शुक्रबार
Jhapa Today
Adv top

हल्दिबारीमा खेतमा पुरुषको शव !


बिर्तामोड, फागुन २९ । झापाको हल्दिबारीमा एकजना पुरुषको शव भेटिएको छ । स्थानीय ती व्यक्ति खेतमा डुबेको अवस्थामा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी–२ मिलनचोक पूर्वका ३७ वर्षीय सुनिल राम सोरेनको शव भेटिएको हो । उनी स्थानीय पार्वती पाण्डेको धानखेतमा मृत अवस्थामा भेटिएका हुन् ।

स्थानीयले आज बिहान धानबारीमा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि पुगेको प्रहरी टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रहरीका अनुसार उनी हिजो राति कामबाट घर फर्किने क्रममा आएको हावाहुरी र पानीका कारण लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

मृतक सोरेनको शव आवश्यक अनुसन्धान तथा जाँचपड्तालपछि पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

यसैबीच, हिजो राति हल्दिबारीकै पारोखोपी क्षेत्रमा रुखले किच्दा राति सुतिरहेकी आरती राजवंशीको मृत्यु भएको थियो । उनी हल्दिबारी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा हुन् ।

Adv footer