
बिर्तामोड, चैत १ । झापा बिर्तामोडका एक व्यक्ति वैदेशिक रोजगारलठगी आरोपमा पक्राउ परेका छन् । उनले विदेश पठाइदिने बहानामा ७० जनाबाट ३ करोड रकम ठगी गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-५ बस्ने २५ वर्षीय कृष्ण अग्रवाल रहेका छन् । अग्रवाल यसअघि पनि विभिन्न व्यक्तिलाई ठगेको बताइएको छ ।
अग्रवालले ठगी गरेको भन्दै ३० जना पीडितहरुले उनलाई समातेर इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा बुझाएका थिए । त्यस विषयमा अनुसन्धान तथा छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
शनिश्चरेरोडमा खाद्यान्नको व्यापार गर्ने अग्रवालले आर्थिक विचलनमा परेपछि आफ्नो बुवाको घर बच्दा पनि रकम तिरोभरो गर्न समास्य पर्दै आएको प्रहरीले जनाएको छ ।




