२०८३ बैशाख ८ मंगलबार
Jhapa Today
Adv top

कर्पोरेट फुटसलको उपाधि सिद्वार्थ बैंकलाई


बिर्तामोड, बैशाख ६ । राउन्ड टेबल नेपालले आयोजना गरेको तेस्रो संस्करणको कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले जितेको छ । फाइनल खेलमा सिद्धार्थ बैंकले लक्ष्मी सनराइज बैंकलाई ३–२ गोल अन्तरले पराजित गर्दै तेस्रो सिजनको च्याम्पियन बनेको हो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले आक्रामक प्रदर्शन गरे पनि अन्ततः सिद्धार्थ बैंकले अग्रता कायम राख्दै उपाधि हात पार्न सफल भयो । लक्ष्मी सनराइज बैंक उपविजेतामा सीमित रह्यो ।

प्रतियोगितामा अनिरोध श्रेष्ठ प्लेयर अफ द टुर्नामेन्ट घोषित भए भने जनकप्रसाद ढकाल उत्कृष्ट गोलकिपर घोषित भए । त्यस्तै, अनुप राई सर्वाधिक गोलकर्ता बने ।

कार्यक्रमको संयोजन अमन मिन्डाले गरेका थिए । प्रतियोगितामा बिएन्डसी हस्पिटल र एभरेस्ट बैंक सेमिफाइनलसम्म पुगेका थिए । आयोजकका अनुसार प्रतियोगिताले कर्पोरेट क्षेत्रका कर्मचारीबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै खेलकुदमार्फत स्वास्थ्यप्रति सचेतना बढाउने उद्देश्य राखेको थियो ।

लिग कम नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा बिएन्डसी हस्पिटल, लक्ष्मी सनराइज बैक, एक्सेल विकास बैक, स्पाइन एक्स हस्पिटल, सिद्धार्थ बैक, माछापुच्छ्रे बैंक, बिर्ता सिटी हस्पिटल, एभरेस्ट बैंक, युनाइटेड अजोड इन्स्युरेन्स, एनआइसी एसिया बैंक, सानिमा जिआइसी इन्स्युरेन्स र नेपाल इन्स्युरेन्सका टिमहरुको सहभागिता रहेको आयोजक राउन्ड टेबलका अध्यक्ष विकास अग्रवालले जानकारी दिए ।

अर्जुनधारास्थित गामास्ता स्पोर्टस हबमा आयोजित प्रतियोगितालाई लक्ष्मी सनराइज बैंकले मुख्य प्रायोजन गरेको थियो ।

Adv footer